सर्वोच्च अदालतका लागि ५ न्यायाधीश सिफारिस



काठमाडौं चैत, १९–
मंगलबार बिहान बसेको न्यायपरिषद् बैठकले ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।

परिषद् स्रोतले दिएको जानकारी अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

न्यायपरिषद्ले सिफारिस गरेका नाममा प्रकाश ढंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल रहेका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् । ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन् ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ५ जना मध्ये दुई जना प्रधानन्यायाधीश हुने लाइनमा हुनेछन् । कुनै अवरोध भएन भने फुयाँल र रेग्मी दुबै प्रधानन्यायाधीश हुनेछन् ।

उनीहरु सपना मल्ल प्रधानपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । यससँगै वि। सं २०९० सम्म न्यायालयको नेतृत्व ‘लगभग’ तय हुने न्याय परिषद्का अधिकारीहरु बताउँछन् ।

अहिले चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश छन् । उनीपछि प्रधानन्यायाधीश हुने रोलक्रममा हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत र पर्छन् । त्यसपछि सपना मल्ल,
कुमार रेग्मी र हरि फुयाँल प्रधान प्रधानन्यायाधीश हुने रोलक्रममा आउनेछन् ।

प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार  ९ : ०० बजे