चैत १९, बारा-
युबा जागरण अभियानले तराइका हावा हुरी पिडितहरुलाई राहत सामाग्री बितरण गरेको छ ।बाराको परवानिपुर गाउँपालिकाको वार्ड ४ चैनपुर गाउँमा करिब २०० घर धुरी पिडित परिवारलाई अभियानले राहत सामाग्री बितरण गरेको हो ।
अभियानका संयोजक चिन्तन पौडेल सहितको टोली प्रभाबित क्षेत्रमा पुगेर त्रीपाल ,म्याट्रेस्स खाद्यान्न सामाग्री , झुल लागायतका सामाग्रीहरु पिडितहरुलाई बितरण गरेको हो ।
अभियानले यस अघी देखीनै बिभिन्न सामाजिक र जनचेतनामुलक कामहरु गर्दै आइ रहेको छ ।
आइतबार राति आएको हावा हुरी सहितको चक्रवातमा परी बारा पर्सा लगायतका क्षेत्रामा २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय घाइते भएका छन् । ठुलो सङ्ख्यामा मानिसहरु घरबार बिहिन भएका छन ।