चैत २०, काठ्माण्डौ-
कांग्रेसका अशन्तुष्ट जिल्ला शभापतीहरुले काठ्माण्डौमा दुइ दिने भेला बोलाएका छन । यस अघी सबै जिल्लाका शभापतीहरु सहभागी हुने भनिय पनि भेलामा शभापती देउबा पक्षका जिल्ला शभापतीहरु अन्तिममा सहभागी नहुने भएका हुन । शभापती देउबा सग असन्तुष्ट शभापतीहरुले भेलाको आह्वान गर्दै केहि समय पहिले भेला बोलाएर भेलाले बिशेष महाधिबेशन आह्वान गर्ने उद्घोश गरेपछी शभापती देउबा जिल्ला शभापत हरुले बोलाउन लागेको भेला प्रती क्रुद्द बनेका थिय ।उनले जिल्ला शभापती हरुलाई बिशेष महाधिबेशन बोलाउन चुनौती समेत दिएका थिय ।
त्यस सगै शभापती देउबा निकट जिल्ला शभापतीहरु भेलामा नजाने भएका हुन । अब हुने भेलामा बहुमत जिल्ला शभापतीहरुको सङ्ख्या पुर्याउन भेलामा सहभागीहरु लागेको एक जिल्ला शभापतीले न्यू सञ्चारलाई बताए । जिल्ला सभापति उपस्थिति भई छलफल हुने तर औपचारिक उद्घाटन नहुने काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले बताए ।
यस अघी सम्पन्न कांग्रेसको महासमित बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन तलैबाट आउनुपर्ने र समानुपातिकमा एक पटक भन्दा बढी अवसर दिन नहुने मुद्दा उठाएका थिए। सभापति शेरबहादुर देउवाले उक्त विषय केन्द्रीय समिति बैठकबाट समेट्ने बताए पनि नसमेटेपछि जिल्ला सभापतिहरूले बुधबार र बिहीबार काठमाडौंमा भेला बोलाएका हुन ।
भेला मुलत अगामी महाधिबेशनमा धेरै जिल्ला शभापतीहरुलाई एकै ठाउम ल्याउने अभिप्रायले आयोजना हुन लागेको काँग्रेस भित्रका केहि जिल्ला शभापतीहरुले बताएका छन । ।










