नेपाल बारको पछिल्लो मत परिणाम सार्वजनिक, कांग्रेस निकट लोकतान्त्रिकका पोखरेलकै अग्रता



काठमाडौं चैत, २०–
नेपाल बार एसोसिएसनको जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । पछिल्लो परणाम अनुसार लोकतान्त्रिक पक्षकै अग्रता कायम रहेको छ ।  प्राप्त पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका सुनिल पोखरेलले १ सय ३२ मतले अग्रता लिएका छन् ।   अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । मत परिणामअनुसार पोखरेलले १ हजार ५ सय ६६ र श्रेष्ठले १ हजार ४ सय ३४ मत पाएका छन् ।

त्यस्तै, महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेलले १ हजार ५ सय ७१ र प्रगतिशिल प्यानलका सुरेन्द्र थापा १ हजार ३ सय ७१ मत पाएका छन् ।

निर्वाचन समितिले  अब काठमाडौं उपत्यकालगायत केही जिल्लाका मत गन्न बाँकी रहेकोजनाएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार  ९ : ०७ बजे