मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यसचिव रेग्मीको पद धरापमा, यस्तो छ उनलाई हटाउने तयारी



काठमाडौं चैत,२१–
तत्कालीन गृह सचिव नारायणगोपाल मलेगो (२०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते) का पालामा २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रुपियाँ बेरुजु देखियो ।

अर्का तत्कालीन गृहसचिव लोकदर्शन रेग्मी (२०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म) को पालामा बेरुजु रकम २ अर्ब ५३ करोड ६८ लाख ९७ रुपियाँ रहेको थियो । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ ।

अहिले हालका मुख्यसचिव तथा तत्कालिन गृहसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समितिले सरकारी बेरुजु फछ्र्यौट सम्बन्धी काम गरिरहेको छ ।

महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३÷०७४ आर्थिक वर्षको बेरुजु रकम ५ खर्ब ८ करोड रुपैयाँ रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतम झार्ने अभियान थालेको छ ।

२०७३÷०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु मध्ये गृह मन्त्रालय अन्तरगतका ८८४ कार्यालय मध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो ।

सोही समितिले अहिले गृहमन्त्रालय अन्तर्गतको नेपाल प्रहरीले बेरुजू फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कार सिफारिस गरेको छ । नेपाल प्रहरी सम्पूर्ण सरकारी निकाय मध्ये ८५।१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्बोत्कृष्ट अंक प्राप्त गरेको घोषणा गरिएको छ ।

कुनै बेला नेपाली कांग्रेससँग निकट रहेका रेग्मी अहिले भने प्रधानमन्त्री केपी शर्मा ओलीको नजिक छन् । तर, पछिल्लो समय प्रधानमन्त्री ओलीले रेग्मीलाई रुचाएका छैनन् ।

रेग्मीलाई हटाएर आफू निकटका प्रेमकुमार राईलाई मुख्य सचिव बनाउने योजनामा ओली रहेको स्रोत बताउँछ । यद्यपी राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा नियुक्ति गर्ने सम्भावना पनि छ । ओलीको योजना बुझेका रेग्मीले के गर्ने भनेर निर्णय लिन सकेका छैनन् ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  १ : ५० बजे