मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 माथिल्लो डोल्पा क्षेत्रको हिम पहिरोमा परी तीन जना तिर्थ यात्री बेपता



चैत २२, डोल्पा-

माथिल्लो डोल्पा क्षेत्रको हिम पहिरोमा परी तीन जना बेपता भएका छन् । चैत १७  गते शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बामा ग कैलाश पर्वत तीर्थ व्रतका लागि जाँदै गर्दा उनीहरू बेपता भएका हुन् ।

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले जानकारी दिए । यता डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि गर्दै हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताएका छन् ।

माथिल्लो डोल्पा क्षेत्र अन्तरिक र बाह्य पर्यटनका लागी प्रसिद्द रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ६ : ५२ बजे