मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धोविघाटमा भ्यानमाथि ट्रक बजारियो, २ जनाको मृत्यु एक घाइते



ललितपुर चैत, २२–
ललितपुरको नयाँबाटोमा ट्रक र भ्यान आपसमा ठोक्किदा दुईजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरको ना१घ ५३३ नम्बरको ट्रक र बा७च २१३१ नम्बरको भ्यान ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ ।
मृत्यु हुनेमा भ्यानचालकसहित दुईजना रहेका छन् ।

शुक्रबार बिहान करिब साढे ११ बजे एकान्तकुनाबाट बल्खुतर्फ जाँदै गरेको सो ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको भ्यान आपसमा ठोक्किएका थिए । स्कुटीलाई बचाउन खोज्दा ट्रकले भ्यानलाई किच्न पुगेको  हो ।

मृत्यु हुनेमा दोलखा, ठूलोपाखरका भ्यानचालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षीया डोल्मा शेर्पा छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारकाक्रममा जावलाखेलस्थित अल्का अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग सानेपाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी
भएकी धनुषा घर भइ ललितपुरको बुंगमती बस्दै आएकी स्मृति मगरको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको  छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  १० : २२ बजे