चैत २२,काठ्माण्डौ-
कांग्रेस महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशनमा आफु सभापति लड्ने घोषणा गरेका छन् ।
प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनमा आफु सभापति लड्ने घोषणा गर्दै सहयोगका लागी सबैलाई आग्रह गरेका हुन् ।
देउवा जि पार्टी सभापतिका रुपमा असफल हुनुभएकै हो अब फेरी वहाँ नै सभापती बन्ने कुरा कुनै दृष्टिकोणबाट पनि उपयुक्त हुनै सक्दैन भन्दै कोइरालाले वहाँ धेरै पटक प्रधानमन्त्री बनी सक्नुभयो,पार्टी सभापति बनी सक्नु भयो अब फेरी वहाँ नै केका लागी सभापति बन्ने भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर हुँदै नभएकोमा जोड दिए ।
वहाँको नेतृत्वमा पार्टी पछडी परेको कुरा सबैलाई थाहा भएको बताउदै महामन्त्री कोइरालाले आगामी महाधिबेशनबाट पार्टिको नेतृत्व परिवर्तन हुनेमा ढुक्क रहन कांग्रेसका सबै नेताकार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
बर्तमान सभापती देउवासँग आफु चुनाब लड्न तयार रहेको उदघोष् गर्दै कोइरालाले तेसका लागी सभापति देउवाप्रती असन्तुष्टी ब्यक्त गरिरहेका सबै नेताहरुले सहयोग गर्नु पर्ने बताए ।
पार्टी धेरै पछाडी परी सकेको उल्लेख गर्दै कोइरालाले कोइराला परिवारको बिरोध गरेर मात्रै नेता बन्न सकिन्छ भन्ने भ्रम त्याग्न सचेत गराउदै कांग्रेस पार्टी स्थापना देखीनै जेल नेल र सबै दुख कोईराला परिवारले भोगेको कसैले बिर्सेका छैनन्,त्यो इतिहास मेटिने समय आइनसकेको बताए ।
पत्रकार धमलाले सोधेको फरक प्रश्नको जवाफ दिदै कोइरालाले ओलि सरकारले बिप्लब नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गम्भिर गल्ती गरेको आरोप लगाउदै आगामी चुनाब पछी बन्ने कांग्रेसको सरकारले बिप्लब नेकपा सग बार्ता गरेर समस्याको समाधान खोज्ने ब ताए । कम्युनिष्टले गरेका गल्तीहरुलाई पनि कांग्रेसले सम्हाल्दै आइरहेको कोइरालाको कथन थियो ।
पार्टी भित्रका बिबादित विषयहरुमा प्राय मौन बस्दै आएका कोइरालाले आफु पार्टी भित्र गुट्गत अभ्यास भन्दा सिङ्गो पार्टिको पक्षमा रहेको बताउदै आएका छन् । कोइराला बिभिन्न प्रदेश र जिल्लाहरुको भ्रमण सकेर केहि दिन अघाडी मात्रै काठ्माण्डौ आइपुगेका हुन् ।








