काठ्माण्डौ,एजेन्सि-
भारतिय बिदेश मन्त्री सुष्मा स्वराजले काँग्रेस आइका नेता राहुल गान्धीलाई उनको सुरक्षाका लागी प्रयोग भएको कमान्डो
तालिम प्राप्त भारतिय सुरक्षाकर्मिहरुको एसपीजी सुरक्षा फिर्ता लिन चुनौती दिएकी छिन ।
नेता गान्धीले चुनाबी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चुनाबको मुद्दा आतंकवाद नभइ बेरोजगारी समस्या भएको उनको भनाइ प्रती आप्पती जनाउदै बिदेश मन्त्री स्वराजले आतंकवाद चुनाबको मुद्दा र भारतको समस्या होईन भने आफुले लिएको एसपीजी सुरक्षा फिर्ता लिन गान्धिलाई चुनौती दिएकी हुन ।
आफु सुरक्षा कर्मिहरुको घेरामा हिड्नेले आतंकवाद भारतको समस्या होईन भन्न नमिल्ने बिदेश मन्त्री स्वराजले बताएकी हुन ।
विदेश मन्त्री स्वराजले पाकिस्तानको बालाकोटमा भारतिय सेनाले गरेको हावाइ हमलाको पनि बिरोध गरेर राहुल गान्धीले आफुलाई कहाँ उभ्याउन खोजेका हुन भन्ने प्रश्न समेत उठाएकी छिन ।
केहि दिन अघाडिको चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा काँग्रेसका नेता राहुल गान्धिले चुनाबको मुद्दा आतंकवाद नभइ बेरोजगारी भएको बताएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
चुनाब नजिकिदै गर्दा भारतिय जनता पार्टिका नेताहरुले भने भारतले बृद्दी गर्दै लगेको सैनिक क्षमता , बित्तिय ब्यबस्थापन र प्रबिधीको बिकाशलाई चुनाबको मुद्दा बनाइ रहेका छन । उनिहरुले यसलाई मोदी युगको रुपमा ब्याख्या गर्ने गरेका छन ।










