एजेन्सी–
भारतको महाराष्ट्र राज्यको गढ़चिरौलीमा माओबादिहरुले गरेको हमलामा परी मंगलवार १५ जना भारतिय प्रहरिको मृत्यु भएको छ ।
हमला भएकै क्षेत्रमा मंगलवार राती माओबादिहरुले सडक निर्माणमा सम्लग्न ३६ वटा सवारिसाधनमा आगजनी समेत गरेको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।माओबादी हरुले ३६ सवारी सधानहरु आगो लगाउदा कारीब १० करोड भन्दा बढीको क्षति भएको बताइएको छ ।
यस क्षेत्रमा बिगत देखी नै माओबादिहरुको प्रभाब रहेको र माओबादीलाई नियण्त्रण गर्न महराष्ट्र प्रहरीले बनाएको विशेष सुरक्षा दल माथि नै बिद्रोही माओबादिहरुले आक्रमण गरेको समाचारमा जनाइएको छ ।
माओबादी हमलामा मारिएका प्रहरीहरु माओबादी बिरुद्द परिचालित हुने कमान्डो तालिम प्राप्त बिशेश दलमा आबद्द रहेका थिय ।
प्रधानमन्त्री नरेन्द्र मोदिले घटनाको निन्दा गरेका छन ।










