मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्रमन्त्री ज्ञवाली चीनको भ्रमण सकेर स्वदेश फर्किए



बिहिबार, बैशाख १-

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको भ्रमण गरी बिहीबार स्वदेश फकिएका छन् ।

राष्ट्रपतिको चिन भ्रमणमा सरीक रहेका मन्त्री ज्ञवाली चिनको तिब्बत हुँदै बिहीबार स्वदेश फकिएका हुन ।

उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा त्यहाँका उपमहासचिव छी दाङ हुले विदाइ गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा भएको चीनको राजकीय भ्रमण समग्रमा ऐतिहासिक, निकै सफल र फलदायी तथा सार्थक भएको बताए । उनले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई दुई पक्षीय वार्ताका क्रममा उठाइएका विषय, त्यसमा भएका छलफल, सहमति र सम्झौताले अझै मजबुत बनाउने बताए ।

उनले चीनसँग बहुपक्षीय छलफलमा नेपाली सरोकारका विषय समेटिएको र त्यसले आगामी दिनमा नेपालको विकास कार्य अझै अगाडि बढाउन सहयोग पुग्ने आफूले ठानेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ८ : २० बजे