मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फानी आधी शुरु भय सगै भारतमा भिषण बर्षा हुँदै, नेपालमा के असर पर्न सक्छ ?



१९ बैशाख ,काठ्माण्डौ ,एजेन्सि-

भारतको आंध्रप्रदेशमा फानी चक्रवात आधी शुरु भएसगै भिषण बर्षात शुरु भएको छ । आधीका कारण भोली ओडिशाको पुरै क्षेत्र प्रभाबित हुन सक्ने बताइएको छ ।

सम्भाबित खतरालाई मध्यनजर गर्दै सुरक्षाबललाई हाईअलर्टमा राखिएको छ भने तटीय इलाकमा बस्ने ८ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ ।

आधीबाट प्रभाबित हुनेहरुका लागी ८८० राहत शिविर बनाइएको छ त्यसै गरी सबै शिक्षण संस्था बन्द गर्न समेत त्याहाको स्थानिय सरकारले आदेश दिएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

भारतीय मौसम विभागका अनुसारआधी  ६ किमी प्रती घण्टाको रफ्तारमा ओडिशा तर्फ अघी बढी रहेको छ ।बिभागले यो अधी अहिलेसम्मकै खतरनाक हुन सक्ने अनुमान सार्बजनिक गरेको छ ।

फानी आधी सग जुध्ने तयारिका लागी भारतका सबन्धित सबै निकायहरुलाई तयार राखिएको समाचार हरुमा जनाइएको छ ।आधीको असर तटीय राज्यमा मात्र नभएर उत्तर प्रदेश, बिहार, उत्तराखंड, झारखंड, पश्चिम बंगाल, सिक्किम, तमिलनाडु सम्म पर्न सक्ने त्याहाको मौसम बिभागले जनाएको छ ।

 

फानीको नेपालमा के असर पर्न सक्छ ? यस्तो छ मौसम बिभागको भनाइ

फानी नेपालमा नआए पनि यसको असर नेपालमा पनि देखिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले फानी बारेमा बिहीबार जारी गरेको एउटा सूचनामा शुक्रबार र शनिबार यसको प्रभावले पूर्वी र मध्य नेपालका जिल्लामा मेघ गर्न चट्याङ र हावाहुरी आउने जनाएको छ ।

साथै हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। महाशाखाले यो चक्रावतका कारण देशका हिमाली जिल्लाहरुमा हिमपातको सम्भावना रहेको जनाएको छ । देशका पश्चिमी क्षेत्रहरुमा शुक्रबार पश्चिमी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, महाशाखाले भनेको छ, आइतवारदेखि मौसममा क्रमिक सुधार आउने सम्भावना छ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  ९ : ०९ बजे