१९ बैशाख ,काठ्माण्डौ ,एजेन्सि-
भारतको आंध्रप्रदेशमा फानी चक्रवात आधी शुरु भएसगै भिषण बर्षात शुरु भएको छ । आधीका कारण भोली ओडिशाको पुरै क्षेत्र प्रभाबित हुन सक्ने बताइएको छ ।
सम्भाबित खतरालाई मध्यनजर गर्दै सुरक्षाबललाई हाईअलर्टमा राखिएको छ भने तटीय इलाकमा बस्ने ८ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ ।
आधीबाट प्रभाबित हुनेहरुका लागी ८८० राहत शिविर बनाइएको छ त्यसै गरी सबै शिक्षण संस्था बन्द गर्न समेत त्याहाको स्थानिय सरकारले आदेश दिएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
भारतीय मौसम विभागका अनुसारआधी ६ किमी प्रती घण्टाको रफ्तारमा ओडिशा तर्फ अघी बढी रहेको छ ।बिभागले यो अधी अहिलेसम्मकै खतरनाक हुन सक्ने अनुमान सार्बजनिक गरेको छ ।
फानी आधी सग जुध्ने तयारिका लागी भारतका सबन्धित सबै निकायहरुलाई तयार राखिएको समाचार हरुमा जनाइएको छ ।आधीको असर तटीय राज्यमा मात्र नभएर उत्तर प्रदेश, बिहार, उत्तराखंड, झारखंड, पश्चिम बंगाल, सिक्किम, तमिलनाडु सम्म पर्न सक्ने त्याहाको मौसम बिभागले जनाएको छ ।
फानीको नेपालमा के असर पर्न सक्छ ? यस्तो छ मौसम बिभागको भनाइ
फानी नेपालमा नआए पनि यसको असर नेपालमा पनि देखिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले फानी बारेमा बिहीबार जारी गरेको एउटा सूचनामा शुक्रबार र शनिबार यसको प्रभावले पूर्वी र मध्य नेपालका जिल्लामा मेघ गर्न चट्याङ र हावाहुरी आउने जनाएको छ ।
साथै हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। महाशाखाले यो चक्रावतका कारण देशका हिमाली जिल्लाहरुमा हिमपातको सम्भावना रहेको जनाएको छ । देशका पश्चिमी क्षेत्रहरुमा शुक्रबार पश्चिमी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ, महाशाखाले भनेको छ, आइतवारदेखि मौसममा क्रमिक सुधार आउने सम्भावना छ।