आगामी चुनाबमा पहिलो पार्टी बनाउने गरी काम गर्न कांग्रेस सभापती देउबाको निर्देशन



काठमाडौं वैशाख, १९–

नेपाली कांग्रेस पहिलो पार्टी बन्ने गरी निती बनाउन पार्टिको प्रशिक्षण प्रतिस्ठानलाई निर्देशन दिएका छन ।शभापती देउबाले चुनाबमा  आफूले टिकट नपाएपछि अन्तरघात गर्ने प्रबृत्ति कांग्रेसमा बढेकोमा चिन्ता व्यक्त गर्दै एउटा क्षेत्रको चुनाबमा टिकट एउटाले नै पाउने हो, टिकट नपाउनेले आधिकारिक उम्मेद्वारबिरुद्ध अन्तरघात गरेपछि चुनाब कसरी जितीनछ भन्ने प्रश्न उठाए ।

शभापती देउबाले  पार्टीले अबलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने भन्दै उनले नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।उनले पार्टी भित्र आन्तरिक अनुसासन पनि हराउदै गएको भन्दै पार्टी अनुशासनका सम्बन्धमा कार्यकर्ता माझ प्रशिक्षण संचालन गर्न पनि निर्देशन दिए।

सभापति देउवालले पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको पनि स्वीकार गरे। आन्तरिक चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हावी हुदै जादा सिंगो पार्टी पक्तिनै कमजोर हुने भन्दै उनले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गरे।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति बिमलेन्द्र नीधिले शभापतीले दिएको निर्देशन अक्षरस पालना गर्दै आगामी दिनमा कार्य गर्ने बताए । उपसभापती निधिले आगामी चुनाब जित्नका लागी प्रतिष्ठानले कुनै कसर नराखी कार्य गर्ने पनि  बताए ।

प्रकाशित मिति : बैशाख १९, २०७६ बिहिबार  ४ : १२ बजे