राष्ट्रपतिको सम्बोधनप्रती काँग्रेस नेता प्रदिप पौडेलको व्यंग्य: ‘धेरै होइन जम्मा ४२ पटक मेरो सरकार’



बैशाख २०

नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेर गरेको टिप्पणीप्रति कडा आलोचना गरेका गरेका छन् । उनले आफ्नो फेसबुकमा ‘धेरै होइन जम्मा ४२ पटक मेरो सरकार’ भन्ने स्टाटस लेख्दै राष्ट्रपति प्रती व्यंग्य  गरेका छन् । राष्ट्रपतिको सम्बोधन पछी ‘धेरै होइन जम्मा ४२ पटक मेरो सरकार’ भन्ने वाक्याम्श सामाजिक सञ्जालहरुमा भाइरल समेत भएको छ ।

उनले पहिले राजाको पालामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भन्ने सुनिएको थियो गणतन्त्र नेपालका राष्ट्रपतिको पनि उस्तै शैली देखिएको न्यू सञ्चारलाई बताए । नेता पौडेलले अब राष्ट्रपतिलाई मौसुफ भनेको सुन्नुपर्ने दिन पनि आउला जस्तो लागेको बताए ।

राष्ट्रपतिले मेरो सरकार भनेपछि अहिले सामाजिक सञ्जालहरुमा उनको व्यापक विरोध सुरु भएको छ । गत बडा दशैमा राष्ट्रपटिले टिका लागाइदिदा उच्च सरकारी अधिकारिलाई घुडा धसाएर टिका लगाइदिएपछी उनको चर्को बिरोध भएको थियो ।

प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार  २ : ३९ बजे