सरकारको नीति तथा कार्यक्रम हावादारी भन्दै संशोधन प्रस्ताब दर्ता गर्ने काँग्रेसको निर्णय



बैशाख २१,काठ्माण्डौ-

सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी बनेको ठहर सहित  नेपाली काँग्रेसले दुबै सदनमा भण्डाफोर गर्ने निर्णय गर्दै सरकारको निती तथा कार्यक्रम प्रती संशोधन दर्ता गराएको छ । गरेको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार ११ बजेदेखि ३ घण्टासम्म विज्ञ सहित बसेको काँग्रेस संसदीय दलको बैठकले, सरकारले ल्याएको नीति तथा कार्यक्रम हावादारी र पार्टीको घोषणापत्र जस्तो मात्रै भएको ठहर गरेको हो।

नीति तथा कार्यक्रम एक वर्षका लागि हो वा पञ्चवर्षीय हो भन्ने हेक्का समेत सरकारलाई नभएको जिकिर गरेको छ। गत वर्षको नीति तथा कार्यक्रममा समेटिएका एउटै बुँदा पनि सरकारले पुरा गर्न नसकेको काँग्रेसको दाबी छ। डा. स्वर्णिम वाग्ले, डा. गोबिन्द पोखरेल लगायतका अर्थविद सहित बसेको काँग्रेस बैठकले, तामाकोशी, मेलम्ची लगायतका योजना बल्झिँदै जानु सरकारको निकम्बापन भएको ठहर समेत गरेको छ।

कांग्रेस संसदीय दलको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा राजतन्त्रकै जस्तो झल्को आउने गरी राष्ट्रपती प्रस्तुत हुनु लज्जाको बिशय भएको समेत निष्कर्ष निकालेको छ ।

संशोधन दर्ता

संसदीय दलको बैठकपछि नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाण लगायत २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

काँग्रेसले दर्ता गराएको संशोधनमा, राष्ट्रपतिले बोलेको “मेरो सरकार” को ठाउँमा नेपाल सरकार भन्नुपर्ने, संघीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु हटाउनु पर्ने लगायत छन्।

प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार  २ : ३८ बजे