प्रधानमन्त्रीकै जिल्लामा विकासे योजना अलपत्र



काठमाडौं वैशाख, २२–
अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । नागरिक दैनिकले समाचार छापेको छ ।

तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैँले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रुपमा देखा परेको छैन ।

विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार  २ : ०५ बजे