काठमाडौं वैशाख, २४–
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । सोमबार बसेको बैठकले एआईजीद्वय पुष्कर कार्की र धिरु बस्न्यातको सरुवा गरेको हो ।
पुष्कर कार्कीलाई प्रहरी एकेडेमी सरुवा गरिएको छ भने धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काज सरुवा गरिएको बताइएको छ । त्यस्तै, सोमबारकै मन्त्रिपरिषद् बैठकले
नेपाल प्रहरीका ८ जना एसएसपीहरुको पनि सरुवा गरेको छ । एसएसपी उत्तमराज सुवेदीको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएको हो ।