बैशाख २५,सल्लेरि-
राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस सोलुखुम्बुले जिल्ला सदरमुकाम सल्लेरिमा जागरण सभा आयोजना गरेर जिल्ला स्तरिय जनजागरण अभियानको शुरुवात गरेको छ ।राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय प्रतीनिधि तथा पार्टी केन्द्रीय सदस्य लक्ष्मी राइको प्रमुख आतिथ्यतामा सोलुखुम्बु कांग्रेसले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रार्इले यस जागरण अभियानले नेपाली कांग्रेसमा नयाँ उर्जा ल्याउने वताउदै अब प्रशिक्षण र विभिन्न कार्यक्रममार्फत पार्टीले युवा पुस्तालाई अघी बढाउनु पर्ने वताईन् । सरकार गलत बाटोमा अघि बढेको भन्दै राईले सरकारलाई दबाब दिन पनि अब कांग्रेस गाँउ गाँउ पुग्नुपर्ने बताइन् ।
सोही कार्यक्रममा वोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका नेता एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्किले नेपाली कांग्रेस एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिदैँ पार्टी एकतावद्ध भए मात्रै आगामी दिनमा आइपर्ने चुनौतीहरुको सामना गर्न सकिने बताए । स्थानिय निकाय र राष्ट्रियस्तरमा सरकारले गरेका गलत कामहरुलाई चुनौती दिदै गलत प्रवृतिका विरुद्ध लड्न पनि नपाली कांग्रेस मजबुत हुनुपर्ने र पार्टी मजबुत हुनका लागी पार्टी भित्र भावनात्मक एकता हुनुपर्नेमा नेता कार्कीले जोड दिए ।
त्यस्तै, सोही कार्यक्रममा वोल्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले पछिल्लो समय जनताको बिचमा नेपाली कांग्रेसप्रतिको आकर्षण बढ्दै गएको बताए । सभापति बस्नेतले जनजागरण अभियानका क्रममा स्थानिय तहहरुमा भइरहेको भ्रस्टाचारका विरुद्ध आवाज उठाइने समेत बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सचिब धनजन राइ ,बेल्जियमका लागी नेपाली महावाणिज्यदूत एवम् कांग्रेस सोलुखुम्बुका नेता आङ छिरिङ शेर्पा, जिल्ला नेताहरु प्रेम थापामगर्, कुशराज रार्इ, घनराज सुनुवार, नेपाली कांग्रेस सोलुखुम्बुका महासमिती सदस्यहरु जय कुमार राइ,खिलराज बस्नेत, शम्भुहरी बास्तोला ,शिक्षक महासङ्हका अध्यक्ष लाल प्रसाद वास्तोला, महिला नेत्री एक कुमारी बस्नेत र सविता रार्इ लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्ला भरिका कांग्रेस नेता कार्यकर्ताहरु र भातृ तथा सुभेच्छुक संस्थाका प्रतीनिधीहरुको उपस्थिती रहेको थियो ।








