जनकपुर,बैशाख २५-
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा रहेका सबै मन्त्रीहरु र नेकपाका नेता कार्यकर्ताहरु पैसा कमाउ धन्दामा तल्लिन रहेको बताएका छन । सरकारका मन्त्री र नेकपाका नेता कार्यकर्ताहरुमा अर्को चोटी सरकार बन्छ कि बन्दैन अहिले सरकार भएको बेला मौका छोपिहालौ भन्ने मनोबृत्ती देखिएको बताएका हुन ।सरकार र नेकपाको संरक्षण बिना एति ठुला भ्रष्टाचार काण्ड हुनै नसक्ने नेता पौडेलले ठोकुवा गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले राष्ट्रिय जागरण अभियानले पार्टिलाई शुद्दिकरण गर्नुपर्ने खाचो समेत औल्याएका छन ।
नेता पौडेलले काँग्रेसमा अब पनि जागरण नआए पार्टी झनै कमजोर हुने बताउदै पार्टीमा जागरण ल्याउन र पार्टी शुद्दिकरणकै लागी जनगारण अभियाण शुरु गरिएको बताए ।
फरक प्रसङ्गमा बोल्दै नेता पौडेलले मधेसबादी पार्टीहरु बास्तबिक मधेसबादी नभएर अबसरबादी भएको उल्लेख गरे ।नेता पौडेलले मधेसी दलहरुले मधेसका नाममा सत्ताको बार्गेनिङ गरिरहेको आरोप लागाए ।देश र मधेशको पक्षमा नेपाली कांग्रेसले काम गरिरहेकोमा जोड दिदै नेपाली कांग्रेसनै हिमाल पहाड र मधेशलाई जोड्ने सेतु भएको नेता पौडेलले बताए ।








