काठ्माण्डौ एजेन्सि-
उत्तर कोरियाले शुक्रवार लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । कोरियन सेंट्रल न्यूज एजेंसी (केसीएनए) ले समाचारमा उल्लेख गरे अनुसार उत्तर कोरियाली नेता किम जोंग उनको प्रत्यक्ष उपस्थितिमा भएको सैनिक अभ्यासका क्रममा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
दक्षिण कोरियाली समाचार संस्थाका अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेका दुइ वटा क्षेप्यास्त्रहरु कोरियाको पूर्वी समुद्रमा खसेका थिय ।
आज प्रहार गरिएका क्षेप्यास्त्रहरुले क्रमश ४२० किमी र २७० किमीको दुरी तय गरेका थिय । समाचारहरुमा जनाइए अनुसार नेता किम जोङ उनकै आदेशमा प्रक्षेपण गरिएको हो । उत्तर कोरियाली सेनाको वेस्टर्न फ्रंट डिफेंस यूनिटलाई हमलाहरुका लागी तयार गर्ने क्रममा सैनिक अभ्यास गरिएको हो ।
गत बिहिबार उत्तर कोरियाली कार्गो जहाँजलाई अमेरिकाले नियणत्रणमा लिएपछी उत्तर कोरियाले तेसको प्रतिकृया स्वरुप लामो दुरिको क्षेप्यास्त्र परिक्षण गरेको ठानिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसाइल परीक्षण प्रती आपत्ती जनाएका छन । उनले उत्तर कोरियाली नेता किमले बार्ता बाट समस्याको समाधान खोज्न नचाहेको बताएका छन ।
यस अघी उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको केहि हप्तामै उत्तरकोरियाले छोटो दुरिको मिसाइल परिक्षण गरेको थियो । ।
यो पनि पढ्नुहोस्-
उत्तर कोरियाले गर्यो फेरी मिसाइल परिक्षण ,किम जोङ उनले गरे प्रत्यक्ष अबलोकन-










