उत्तर कोरियाद्वारा लामो दुरिको क्षेप्यास्त्र परिक्षण : अमेरिकि राष्ट्रपती ट्रम्पले जनाए आपत्ती



काठ्माण्डौ एजेन्सि-

उत्तर कोरियाले शुक्रवार लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । कोरियन सेंट्रल न्यूज एजेंसी (केसीएनए) ले समाचारमा उल्लेख गरे अनुसार उत्तर कोरियाली नेता किम जोंग उनको प्रत्यक्ष उपस्थितिमा भएको सैनिक अभ्यासका क्रममा उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र  प्रक्षेपण गरेको हो ।

दक्षिण कोरियाली समाचार संस्थाका अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेका दुइ वटा क्षेप्यास्त्रहरु कोरियाको पूर्वी समुद्रमा खसेका थिय ।

आज प्रहार गरिएका क्षेप्यास्त्रहरुले क्रमश ४२० किमी र २७० किमीको दुरी तय गरेका थिय । समाचारहरुमा जनाइए अनुसार नेता किम जोङ उनकै आदेशमा प्रक्षेपण गरिएको हो । उत्तर कोरियाली सेनाको वेस्टर्न फ्रंट डिफेंस यूनिटलाई  हमलाहरुका लागी तयार गर्ने  क्रममा सैनिक अभ्यास गरिएको हो ।

गत बिहिबार उत्तर कोरियाली कार्गो जहाँजलाई अमेरिकाले नियणत्रणमा लिएपछी उत्तर कोरियाले तेसको प्रतिकृया स्वरुप लामो दुरिको    क्षेप्यास्त्र  परिक्षण गरेको ठानिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसाइल परीक्षण प्रती आपत्ती जनाएका छन ।  उनले उत्तर कोरियाली नेता किमले बार्ता बाट समस्याको समाधान खोज्न नचाहेको बताएका छन ।

यस अघी उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको केहि हप्तामै उत्तरकोरियाले छोटो दुरिको मिसाइल परिक्षण गरेको थियो । ।

यो पनि पढ्नुहोस्-

उत्तर कोरियाले गर्‍यो फेरी मिसाइल परिक्षण ,किम जोङ उनले गरे प्रत्यक्ष अबलोकन-

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  २ : ४० बजे