काठमाडौं वैशाख, २८– भारत सरकारले नेपाललाई दुई वटा रेल दिने भएको छ । नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच शुक्रबार उक्त सम्झौता भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यसअघि नै जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले दिने सहमति भएको थियो ।
भारतीय दूतावासका प्रवक्ता अभिशेष दुबेले भारतीय रेलवे मन्त्रालयअन्तर्गतको कोङ्कोण रेल्वे कर्पोरेसनले दुई वटा डिब्बा दिन लागेको बताए । दुबेका अनुसार हरेक रेलमा एउटा ड्राइभिङ्ग पवर कार, तीन वटा एसीसहित ट्रेलर कार हुनेछ । रेलका डिब्बा चेन्नेईस्थित इन्ट्रिगेटेड कोच फ्याक्ट्रीमा बनेको हो ।
१६ सय एचपी डिइयमयू रेल तत्काल कुर्थादेखि बिहारको जयनगरसम्म ३४ किलोमिटर दुरीमा चल्नेछ ।
बैशाख २८, २०७६ शनिबार
प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार ३ : ०७ बजे








