नेट्वर्किङ ब्यबसायमार्फत ठगिमा संलग्न १२ जना भारतियहरु काठ्माण्डौमा पक्राउ



काठमाडौं ।

प्रहरीले दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट  १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत लखनउ घर भएका वर्ष ३३ को अजित कुमार सिंह, भारत इलाहावाद  घर भएका वर्ष ३२ को मोहमद सारजिल, भारत छत्तिसगढ घर भएका वर्ष ४५ को निरज कुमार मिश्र, भारत उत्तरप्रदेश घर भएका वर्ष ४३ को अशोक कुमार, भारत छत्तिसगढ घर भएका वर्ष ४३ को गिरि उपाध्याय छन् ।

यस्तै भारत उ१र प्रदेश घर भएका वर्ष ४० को रमेश रामा, छत्तिसगढ गुजरात घर भएका वर्ष २२ को आयुष उपाध्याय, उत्तर प्रदेश घर भएका वर्ष ३८ को सुनिल उपाध्याय, उत्तरप्रदेश घर भएका वर्ष ३२ को काशिफ सकिल, वर्ष ३२ को गजेन्द्र कुमार सिंह र नयाँदिल्ली घर भएका वर्ष ४३ को रसिद नसिम रहेका छन ।

उनीहरुले नेट्वर्किङ ब्यबसाय मार्फत गत वर्षदेखि नै ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा खेलेको प्रहरिले जनाएको छ ।

नेट्वर्किङ ब्यबसायकालागी भारतबाटै प्रशिक्षक ल्याएर ३ सयभन्दा बढी नेपालीलाई प्रशिक्षण दिइरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख (डीएसपी) विनोद घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ११ : २६ बजे