काठमाडौं जेठ, १–
संसदीय समितिले सरकारलाई मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन कडा निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिकी सभापति कल्याणी खड्काका अनुसार काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिईएको हो ।
त्यस्तै समतिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन पनि खानेपानी मन्त्रालयलाई सुझाव दिएको छ ।
राष्ट्रिय खानेपानी तथा सरसफाई नीति र सो सम्बन्धि ऐन शिघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन समेत समितिले सरकारलाई निर्देश दिएको छ र त्यसैगरी स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन,
सभापति खड्काले भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो संचालनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गरेको बताईन् ।
बैठकमा खानेपानी मन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।