मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनजंघा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु, चिलीका एक आरोही बेपत्ता



काठमाडौं जेठ, २–
कञ्चनजंघा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । त्यस्तै चिलीका एक आरोही समेत बेपत्ता भएका छन् ।

पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाका अनुसार उनीहरूलाई कञ्चनजंघा चढाउने दुई जना भारतीयको बुधबार राति क्याम्प ४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको हो।
मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कर्नाज रहेको शेर्पाले जानकारी दिए । उनका अनुसार वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कँदै थिए भने कर्नाज माथि चढ्दै थिए।

दुबै जनालाई हाइअल्टिच्युडको समस्या भएपछि राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरेपनि मृत्यु भएको पासाङले जनाए । त्यसपछि शव छोडेर शेर्पाहरू क्याम्पमा पुगेका उनले बताए ।

मृतकहरूको शव अहिले पनि घटनास्थलमै रहेको र तल झार्ने प्रयास भइरहेको पासाङले जानकारी दिए । हिजै कञ्चनजंघा चढेर फर्किने क्रममा रहेका चिलीका आरोही रोर्टिगो भिभान्को बेपत्ता भएका छन् । उनले आफू चुचुरोमा पुगेर फर्किन लागेको बताएका पनि अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  ७ : २१ बजे