मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमरण अनसनमा बसेका नर्सको माग पूरा गर्न सरकारसँग डा. गोविन्द केसीको माग  



काठ्माण्डौ-

डा. गोविन्द केसीले आईतवार एक विज्ञप्ति जारी गर्दै आमरण अनसनमा बसेका दुई जना नर्सको माग पूरा गर्न सरकारसँग माग  गरेका छन् । केसीले  पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको माग तत्काल पूरा गर्न सरकारसँग माग  गरेका हुन् ।

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको मागलाई लिएर दुई जना नर्स १० दिनदेखि अनसन बसेका छन् । अनसनका कारण उनीहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

डा.  केसील  नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सिप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा भएको विज्ञप्तिमा उल्लेख गर्दै नर्सको माग पूरा गर्न सरकारसँग माग  गरेका हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार  १२ : ४१ बजे