पाँचथरमा भएको ९ जना बिभत्स हत्याको अनुसन्धानमा खिटिय कुकुरदेखि सिआइबीको टोलीसम्म



पाँचथर-

पाँचथरको मिक्लाजुङ गाँउपालिकाको आरुबोटेमा भएको बिभत्स हत्याको अनुसन्धान गर्न तालिमप्राप्तकुकुरसहित प्रहरिका दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थल खिटिने भएका छन ।

घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहित को टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पनि घटनास्थलतर्फ जाने तयारी भइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए।

सिआइबीबाट एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली १२ बजेको फ्लाइटमार्फत पाँचथर जाने तयारी रहेको बताइएको छ।

उता प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा रहेका छ । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी सुरु गरिसकेको जनाएको छ।

गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ ।

यो पनि पढ्नुहोस्-

पाँचथरमा दुई परिवारका ९ जनाको हत्या, एक बालिका घाइते

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ५ : २८ बजे