काठ्माण्डौ ,एजेन्सि
-भारतमा सम्पन्न निर्बाचनमा भारतीय जनता पार्टीले फेरी पूर्ण बहुमतको सरकार बनाउने तय भय सगै प्रधानमन्त्री नरेन्द्र मोदिलाई बिभिन्न देशका राष्ट्र प्रमुखहरुले बधाइ दिन थालेका छन ।
प्रधानमन्त्री मोदिलाई रसिया र चिनका राष्ट्रपती हरुले बधाइ दिएका छन । तेसै गरी इजरायली राष्ट्रपति बेंजामिन नेतन्याहू लगायत अन्य थुप्रै देशका राष्ट्राद्यक्षहरुले मोदिलाई बधाइ दिइ रहेका छन ।
निर्बाचन अघिका अनेक अड्कल बाजीहरुलाई गलत साबित गर्दै भारतमा फेरी भाजपाले बहुमत प्राप्त गरेको छ ।भाजपाको यस जितको श्रेय प्रधानमन्त्री नरेन्द्र मोदिलेनै प्राप्त गरेका छन ।
यस निर्बाचनमा पनि भारतका जनताले भाजपालाई नै बिश्वाश गरेपछी मोदी प्रधानमन्त्री हुँदा उनले गरेका सुधारका कामहरु प्रती जनाताअको आकर्षण रहेको देखिएको हो । भाजपाको जितलाई भारतिय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री मोदिको जादुको रुपमा ब्याख्या गरेका छन । निर्बाचन अघी नै भाजपाले भारतको बर्तमानलाई मोदी युगको रुपमा ब्याख्या गरेको थियो ।
प्रधानमंत्री नरेंद्र मोदीले आजै देशका नाममा संबोधन गर्ने भएका छन ।
सम्बोधन अघी प्रधाअनमन्त्री मोदी भाजपाको कार्यालय पुग्दा भाजपा अध्यक्षले फुलमाला सहित मोदिलाई स्वागत गरेका छन ।
प्रधानमन्त्री मोदिको साथ भाजपा अध्यक्ष अमित शाह तेस्तै नेताहरु राजनाथ सिंह, सुषमा स्वराज, थावर चंद गहलोत, शिवराज चौहान, जेपी नड्डा पनि भाजपा कार्यलय पुगेका छन ।










