त्रिभुवन विमानस्थलमा ठुलो मात्रामा नक्कली भारु बरामद, युनुस अन्सारीसहित चार जना पक्राउ



काठमाडौं जेठ, १०–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित चार जना पक्राउ परेका छन् । प्रहरीले युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जनालाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले जनाएका छन् । दुई वटा व्रिफ केशमा नोट बरामद भएको नोट अहिले गन्ने काम भैरहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए ।
नसरुद्दित उनीहरुलाई रिसिभ गर्न पुगेका थिए । युनुस यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । पूर्व मन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत माओवादीतर्फ समानुपातिक सभासद थिइन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार  ७ : ३५ बजे