काठमाडौं जेठ, १०–
बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन्। प्रधानमन्त्री मेले शुक्रबार राजीनामा घोषणा गरेकी हुन्। उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ।
मे ले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन्।