नेपाल बन्दको क्रममा प्रहरिद्वारा विप्लव नेकपाका १५ जना कार्यकर्ता पक्राउ



जेठ १३,काठ्माण्डौ-

विप्लवको नेकपाले आज गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न आशङ्कामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिकाको नरेफाँटबाट आइतबार राती ७ जनालाई पर्चा, पम्पलेटा सहित बरामद गरेको थियो भने आज ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्‍चिम आठबिसकोट–४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका–१२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरु माथी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल बन्दको पूर्व सन्ध्यामा हिजो बिप्लब समुहले राजधानिका बिभिन्न ठाउहरुमा जनधनको क्षति हुने गरी बम बिष्फोट गराएको थियो ।

प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार  ३ : १२ बजे