कांग्रेस सांसद समेत रहेका विनोद चौधरी मोदीको सपथ ग्रहणमा सहभागी हुँदै



काठमाडौं जेठ, १६–
चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुने भएका छन् । चौधरी सपथ ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि बिहीबार बिहान दिल्ली गएका हुन् ।

मोदीको सपथ ग्रहण समारोह भारतीय समय अनुसार बिहीबार बेलुकी ७ बजे राष्ट्रपति भवनमा आयोजना हुँदैछ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ । कांग्रेस सांसद समेत रहेका चौधरी भारतका प्रधानमन्त्री मोदीसँग व्यक्तिगत रूपमा समेत निकट मानिन्छन् । मोदीले यसअघि सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि आयोजना गरिएको सपथ ग्रहण समारोहमा समेत चौधरी सहभागी भएका थिए ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहिबार  ६ : ४३ बजे