काठमाडौं जेठ, १७–
राष्ट्र बैंकले व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का गरेको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको शुक्रबार २२ वटा बैंक खाता रोक्का गरिएको हो ।
राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ–संस्थाका बैंक खाताहरु रोक्का गरेको छ ।
सुमार्गीले अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार बैंक खाता रोक्का गर्दै आफुमाथि अन्याय गरेको आरोप लगाएका छन् । उनले राष्ट्र बैंकको यस्तै रबैया रहे स्वदेशमा विदेशी लगानी भित्र्याउन समेत गा¥हो हुने बताएका छन् ।








