१८ जेठ्, काठमाडौँ
निरन्तर शनिबारको यस पटकको शृङ्खला अतिथिका रूपमा निम्त्याइएका कवि प्रोल्लास सिन्धुलीय र गजलकार रूपक अलङ्कारका साथ सम्पन्न भएको छ । । कार्यक्रममा बोल्दै कवि सिन्धुलीयले कविता कहिल्यै पुरानो नहुने र राम्रो कविता कालजयी हुने बता ए। कहिलेकाहीँ आफूले राम्रो लेखेँ भनेको कविता अरुले वास्ता नगरेको र मध्यम स्तरकै होला ठानेको कविताले खुब ताली पाउने गरेको अनुभव पनि सुनाए । पाठक वा श्रोताको काव्यिक चेतनाले कविताको मापनमा फरक पार्ने भन्दै कवितालाई बुझ्न गुरुगम्भीर ढङ्गले पढ्नु पर्ने र अखबारमा समाचार पढे जसरी पढ्दैमा कवितालाई पर्गेल्न नसकिने जिकिर समेत उनले गरे । कार्यक्रममा उहाँले अर्जीपत्र, सहरको वृद्धालय, म मर्न यहाँ आएको होइन, श्रीमतीको ड्राइभिङ लाइसेन्स र फाल्गुणी गुरुको फेसबुक एकाउन्ट गरी पाँच वटा कविता सुनाएका थिए ।
त्यसैगरि यस पटकको शृङ्खलामा अतिथि गजलकारका रूपमा रूपक अलङ्कारलाई निम्त्याइएको थियो । गजलकार अलङ्कारले वाल्मीकि विद्यापीठमै आफूले पढेको, सिकेको, लेखनतिर अग्रसर भएको र अहिले यसमै कार्यरत रहेको जानकारी गराउउदै विभिन्न साहित्यिक संङ्घरसंस्थालाई आफ्ना साहित्यिक गतिविधि सञ्चाल गर्नका लागि वाल्मीकि विद्यापीठले आगन उपलब्ध गराउँदै आएको बताए । हरेक हप्ता कार्यक्रम गर्नु निकै चुनौतीपूर्ण भए तापनि निरन्तर शनिबारले यसलाई सम्भव गराएकोमा उनले बधाई समेत दिए । कार्यक्रममा उनले नदी थियो आज कुलो हुँदैछ, पातभन्दा पनि मान्छे हलुङ्गो किन, म आज काग भइसकेँ नगर बेलका कुरा, स्वभाव आफ्नै विचार आफ्नै र झोलमा कठै जात फाल्नु भयो गरी पाँच वटा व्यङ्ग्य मिश्रित गजल सुनाएका थिए ।
त्यस्तै यस पटकको शृङ्खलामा इन्द्र लम्साल, पूर्णिमा प्रतिविम्ब, केवल कार्की, सुवास पराजुली, ईश्वर थापा, सुदर्शन शर्मा, पदम दाहाल, राजबाबु श्रेष्ठ सागरु, विमला अधिकारी, प्रकाश बस्नेत गफाडी, प्रकाश पुडासैनी, गोविन्द गजुरेल, शैलेन्द्र अधिकारी, सोझो गाउँले लगायतले आआफ्ना रचनाहरु -कविता, गीत, गजल, मुक्तक सुनाएका थिए । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम रेडियो अन्नपूर्ण ९४ मेगाहर्जुबाट आउँदो शनिबार बिहान सात बजे प्रसारण हुनेछ ।