पहिरोले गर्दा नारायणगढ-मुग्लिन सडक एकतर्फी, यात्रुलाई सास्ति



जेठ १९ चितवन्-

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड  एकतर्फी सञ्चालनमा आएको छ। शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ। सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो।

सडक मर्मत ,पहिरो लगायतका समस्याले गर्दा उक्त सडक खण्डमा यात्रुहरुले लामो ट्राफिक जामको सास्ती बेहोर्दै आएका छन ।

प्रकाशित मिति : जेष्ठ १९, २०७६ आइतबार  ५ : २६ बजे