जेठ १९, काठमाडौं-
काठमाडौं उपत्यका भित्र मालवाहक गाडीहएउले दिउँसो चल्न नपाउने भएका छन्।
असार १ गतेदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले मालवाहक गाडीहरु दिउँसाे उपत्यकामा चल्न नदिने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।
यो नियम लागु भएपछि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उपत्यकाभित्र मालवाहक गाडी चलाउन पाइने छैन। अत्यावश्यक सामान ढुवानीका लागि भने निश्चित सवारीलाई छुट दिइएको छ ।
दिउसो चल्न छुट पाउने माल बाहक सवरिहरुमा दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला, पेट्रोलियम पदार्थलगायत ढुवानीमा प्रयोग हुने सवारीहरु रहेका छन ।