नेपालका प्रितम र आयुष भारतिय टेलिभिजन शो ‘सारेगमप लिटल च्याम्प’ को फाइनलमा



काठ्माण्डौ-

नेपालका प्रितम आचार्य र आयुष केसी भारतीय टेलिभिजन रियाली शो सारेगमप लिटल च्याम्प को फाइनलमा पुगेका छन् । निर्णायक र दर्शकको मतका आधारमा प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् ।

आइतबार राति भएको सेमिफाइनलमा ९ प्रतिस्पर्धीमध्ये तीनजना एलिमिनेशनमा परे भने प्रितम र आयुषसहित ६ जना आउँदो फाइनलमा पुगेका हुन् । ।

नेपालका आयुष र प्रितम सँगै आस्था दास, अनुष्का पात्र, मोहम्मद फैज र सुगन्धा दतेले फाइनलमा स्थान पक्का गरेका हुन् ।

नेपालका ८ प्रतिस्पर्धी सहभागी भए मध्य १२ वर्षका आयुष र ११ वर्षका प्रितम फाइनल राउण्डमा पुगेका हुन ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  ५ : १८ बजे