मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बमा विप्लव समूहको प्रहरी चौकी कब्जा गर्ने प्रयास



सोलुखुम्बु जेठ, २०–

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले जनयुद्धकै शैलीमा प्रहरी चौकी आक्रमणको प्रयास गरेको छ ।  ‘विप्लव’ नेकपाले सोलुखुम्बुस्थित एक प्रहरी चौकी कब्जाको प्रयास गरेको हो । आइतबार राति विप्लव नेकपाले  महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास  गरेको तर, प्रयास असफल भएको बतार्यएको छ । मध्यराति १२ बजेतिर २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेको भए पनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियारसहित बाहिरीसकेकाले चौकी कब्जाको रणनीति असफल भएको प्रहरी स्रोतले  जनाएको छ । 

माओवादी कार्यकर्ता कब्जाको लागि आउँदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएको जनाइएको छ । प्रहरी र माओवादी कार्यकर्ताबीच भेट नभए पनि राति १२ बजेदेखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको जनाइएको छ ।

 

महाकुलुङ क्षेत्रमा केही दिनदेखि विद्युत नभएका कारण नेपाल टेलिकमद्वारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ । यता जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी दिएका छन् ।

 

उनले यसबारे अहिले नै केहि कुरा भन्न नसकिने बताएका छन् । प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टरमार्फत पुगिसकेका छन् । छेस्काम सदरमुकाम सल्लेरीदेखि करीब २५ कोषको दूरीमा पर्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ८ : ०१ बजे