मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बु गएकै हो त नेपाली सेनाको टोली ? के भन्छ नेपाली सेना ?



काठमाडौं जेठ, २०–
विप्लव नेकपाले सोलुखुम्बुमा गरेको प्रहरी चौकी आक्रमणबारे नेपाली सेनाले मुख खोलेको छ । नेपाली सेनाले चौकी आक्रमणपछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचार अस्वीकार गरेको हो । सोमबार नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको प्रष्ट पारेका हुन् । उनले सेनाको टोली पनि परिचालन भयो भनेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।
गए राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास असफल भएको थियो । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएका समाचारहरु सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ९ : ४९ बजे