मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल वायुसेवा निगमले असारबाट शुरु गर्न लागेको जापान उडान स्थगित



काठ्माण्डौ-

नेपाल वायुसेवा निगमले असार १९ बाट जापानको ओशाका स्थित कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा शुरु गर्न लगेको उडान उडान स्थगित गरेको छ । निगमले उडान सुरू गर्ने अर्को नयाँ मिति पनि तय गरेको छैन ।

असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालिका रहे पनि बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा यात्रु नपाएपछि तत जापान उडान स्थगित गर्नु परेको हो ।

यात्रु नै नभरी उडान गर्दा वित्तीय संकट आउने अवस्था रहेकाले तत्काल जापानमा सेाव नथाल्ने निश्कर्षमा निगम पुगेको निगम श्रोतले ब ताएको छ ।
निगमका वाइड बडी बिमानहरु समेत घाटामा चली रहेकाले अहिले यात्रु नभएपनि जोखिम लिएर उड्ने सक्ने अवस्थामा निगम नभएको निगम ब्यबस्थापनले जनाएको छ ।

लामो समय सम्मको प्रयास पछी जापानले नेपाली ध्वजा बाहक बिमानलाई हप्ताको ३ पटक ओहोर दोहोर उडानका लागि अनुमति दिएको थियो ।

जापान जस्तो नाफा मुलक गन्तब्यमा उडान अनुमती पाउदा पनि यात्रुको अभाब भन्दै उडान स्थगित गर्ने कदम लाई पर्यटन क्षेत्रका जानकार र कतियपय सरकारी अधिकार हरुले नै निगमको ठुलो कमजोरी भन्न थालेका छन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ११ : ४३ बजे