मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा गुन्डागर्दी घट्यो, साइबर अपराध ह्वात्तै बढ्यो



काठमाडौं जेठ, २३–
उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको प्रहरीको पछिल्लो तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गुन्डागर्दी घटेका छन् भने विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पाँच वर्षअघि ०७१र७२ मा उपत्यकाभित्र बैंकिङ कसुरसँग सम्बन्धित १७ मात्रै मुद्दा दर्ता भएका थिए ।

तर, चालू वर्षको वैशाख मसान्तसम्म मात्रै यस्ता एक हजार सात सय ५८ मुद्दा दर्ता भएका छन् । त्यस्तै विद्युतीय कारोबारसँग सम्बन्धित मुद्दा पाँच वर्षअघि २८ वटा मात्रै दर्ता भएकोमा अहिले पाँच गुणा बढेर एक सय २१ पुगेको छ ।

गुन्डागर्दी तथा व्यक्ति अपहरणका घटना भने ठप्पजस्तै भएका छन् । पाँच वर्षयता व्यक्ति अपहरणका कुनै पनि मुद्दा दर्ता नभएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । संगठित प्रकृतिका अपराधको उजुरी पनि शून्यमा झरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको बताए । उनले भने, ‘उपत्यकाभित्र विगतमा गुन्डागर्दीका अनेक घटना हुन्थे । प्रहरीको ठूलो शक्ति गुन्डागर्दी नियन्त्रणमा खर्च हुन्थ्यो । तर, अहिले त्यो ट्रेन्ड बदलिएको छ । अहिले प्रहरीको ठूलो शक्ति आर्थिक तथा विद्युतीय अपराधसँग सम्बन्धित अपराध अनुसन्धानमा लाग्नुपर्ने स्थिति छ । चेक बाउन्स तथा सामाजिक सञ्जालमार्फत हुने अपराधका मुद्दा बढी छन् ।’

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ३ : १७ बजे