काठ्माण्डौ ,एजेन्सि-
अमेरिकाले ताइवान लाई नयाँ हात हातीयार बेच्ने सम्घौता गर्ने निर्णय गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । जस अनुसार अमेरिकाले ताइवना लाई २ बिलियन डलर बराबरको हातीयार बिक्री गर्ने छ ।अत्याधुनिक ट्याङ्क र अन्य हातीयारहरु अमेरिकाले ताइवन लाई बेच्न्न लागेको समाचारमा जनाइएको छ ।
अमेरिकाको यस निर्णयले चीन र अमेरिकाको सम्बन्ध भने झनै बिगृने र त्यसले अन्तर्आष्ट्रीय रुपमै समस्या निम्त्याउन सक्ने नाम उल्लेख नगर्ने सर्तमा एक अमेरिकि अधिकारिले बताएको रोयटर्सले उल्लेख गरेको छ ।
अन्य देशहरुले ताइवानलाई एक स्वायत्त देश भने पनि चीनले ताइवनलाई आफ्नो एक हिस्सा भएको दाबी गर्ने गरेको छ ।
अमेरिका र चीन बीच ब्यापार युद्द चली रहेको अवस्थामा अमेरिकाको यस निर्णयले दुइ देश बिचको तनाब झनै बढाउने
आकलन गरिएको छ ।
चीनले हुन लागेको यस सम्झौता प्रती आपत्ति जनाउदै अमेरिका लाई द्विपक्षीय सम्बन्ध बिग्रिदा उत्पन्न हुने गंभीर परिणाम भोग्नु पर्ने प्रतिकृया जनाइ सकेको छ ।










