मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नायक सुदर्शन गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई पत्राचार



काठमाडौं जेठ, २४–
नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ ।

गौतम क्यानडामा बस्दै आएका छन् । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०ले गत महिना रेड नोटिस जारी गरिसकेको छ । १० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम रेड नोटिस जारी भएकाले जुनसुकै देशमा पक्राउ पर्न सक्छन् । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने प्रहरी अधिकारीको भनाइ छ ।

नेपालमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । चलचित्रमा अभिनय गरेका गौतमले कलाकार बनाएर नेपालीहरूलाई अवैध बाटोबाट अमेरिका लैजाने गरेका थिए । त्यसमध्ये कतिपयको बाटोमै मृत्यु भएको थियो भने कतिपय महिनौँपछि अलपत्र परेर फर्किएका थिए । दुई वर्षअघि गौतमकै समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पु(याएको थियो ।

दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी सिनेमाको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पु(याइएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  २ : २३ बजे