हङ्कङमा दुइ दशक एताकै ठुलो बिरोध प्रदर्शन



काठ्मान्डौ एजेन्सि-

सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा हङ्‌कङमा लाखौँ मान्छे हरुले प्रदर्शन गरेका छन । प्रदर्शनआमा उत्रीएका प्रदर्नकारी र प्रहरी बिच हिंसात्मक झडपहरु भएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

उक्त प्रस्तावित उक्त कानुनले हङ्‌कङको पुर्ण स्वतन्त्रताका लागी लडिरहेका राजनीतिक विपक्षीलाई चिनमा सुपुर्दगी गर्ने बाटो खुल्ने र स्वतन्त्रता पक्षधरहरुलाई चिनले निसाना बनाउने प्रदर्शनकारीहरूको आरोप छ ।

चिनले भने प्रदर्शन हरुमा बिदेशी शक्तिको हात रहेको आरोप लगाएको छ ।

सेतो पोसाकमा देखिएका सहभागीहरूले चर्को गर्मीमा पनि आइतवार कैयौँ घण्टा प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरीसँग सयौँ प्रदर्शनकारीहरूको झडप समेत भएको समाचारहरुमा जनाइएको छ ।

हङ्‌कङकी नेत्री क्यारी लामले भने विरोध भए पनि सुपुर्दगीको योजना फिर्ता नगर्ने बताएकी छन्।

आइतबार हङकङको भिक्टोरिया पार्कको लेजिस्लेटिव काउंसिल क्षेत्रमा भएको प्रदर्शनआमा पांच लाख भन्दा बढी मानिसहरु सहभागी भएको अनुमान गरिएको छ ।यसलाई हङकङ स्वतन्त्र भय यताकै ठुलो प्रदर्शन भनिएको छ ।यस अघी २००३ मा पनि करीब  लाखौ मानिसहरुले राष्ट्रीय सुरक्षा कानूनको बिरोधमा  प्रदर्शन गरेका थिए।

बृटिष उपनिबेशको रुपमा रहेको हङ्कङ सन १९९७ मा हङ्कङको स्वतन्त्रतता अक्षुणा रहने सर्तमा ब्रिटेनले चिनलाई सुम्पेको थियो ।

 

प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार  ६ : ०८ बजे