मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सारेगमपका बिजेता आयुष केसीलाई बाजासहित भब्य स्वागत



काठ्माण्डौ-

भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो र आयुस केसी चौथो भएका छन ।

आइतबार राति भएको ग्राण्ड फिनालेमा उनिहरुले तेश्रो र चौथो स्थान हासिल गरेका हुन ।

चौथो स्थान हासिल गरेर सबैको मन जित्दै  मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भब्य स्वागत गरे ।

११ वर्षीय प्रितम सुनसरीको इटहरी उपमहानगरपालिका –५ का हुन् भने आयुष भक्तपुरका हुन् ।

आइतबार राति भएको ग्राण्ड फिनालेमा प्रितम तेस्रो भएका हुन् । ६ जनाबीच भएको अन्तिम ग्राण्ड फिनाले भिडन्तमा उपाधि जित्ने विश्वास गरिएका प्रितम तेस्रो हुँदा अर्का नेपाली बालक आयुष केसी चौथो भएका हुन् ।

११ वर्षीय प्रितम सुनसरीको इटहरी उपमहानगरपालिका –५ का हुन् भने आयुष भक्तपुरका हुन् । हिजो सम्पन्न ग्रान्ड फिनालेमा निर्णायक र पाहुनाहरुको दुवैले मन जित्न सफल भएका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ८ : १६ बजे