भक्तपुर-
भक्तपुरको मनोहरा देखी सुर्यबिनायक सम्मको सडकमा चल्ने सवारी साधनको अधिक्तम गती तोकिएको छ ।
दुर्घटना बढेकाले दुर्घटना कम गर्न लागि सवारी गतिको सिमा तोकिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आगामी असार १ गते देखी मनोहरा पुलदेखि साँगा चोकको मुख्य ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० को गतिमा गुडाउनु पर्नेछ ।
तीनकुने–सूर्यविनायक ६ लेन सडक, सूर्यविनायक–साँगा चोकको २ लेन सडकमा दुर्घटना बढेको र उक्त क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणका लागि गति सिमित गर्ने निर्णय गरेको प्रहरिले जनाएको छ ।
तोकिएको भन्दा बढी गतिमा सवारी गुडाए तत्काल कारबाही हुने र सडकमा प्रहरिले सवारीको गति जाँचका लागि रडारगन र लेजरगन लगायतका उपकरण प्रयोग गर्ने प्रहरिले ब ताएको छ ।
तोकिएको गतिभन्दा बढी गतिमा सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम कारबाही हुने प्रहरीले जानकारी दिएको छ । उक्त दफामा चालक अनुमति पत्र, बाटो इजाजतपत्र (रुट परमिट) वा यातायात सञ्चालन अनुमति पत्र खारेज गर्न सक्ने उल्लेख छ ।
यो नियम लागु भय पछी उक्त सडक खण्ड मा दुर्घटना कम हुने ठानिएको छ ।








