कठमाडौं जेठ, ३०– बिहीबार दिउँसो भाडा बढाउने गरी गरेको निर्णय बिहिबार राति नै फिर्ता भएको छ । यातायात व्यवस्था विभागले साँझ अर्को सूचना जारी गर्दै विभागले भाडा वृद्धि फिर्ता गरेको हो । यसअघि विभागले सबैखाले सार्वजनिक सवारी साधनमा लागू हुनेगरी १२ प्रतिशतसम्म भाडा बृद्धि गरिएको थियो।
यसका साथै विभागले उपत्यकामा रात्रिबस चलाउने सम्बन्धी निर्णय पनि फिर्ता लिएको छ । त्यस्तै रिङरोड भित्र र बाहिर पनि विभिन्न स्थानमा मालबाहक सवारीलाई प्रवेश गर्न नदिने सम्बन्धी सूचना पनि फिर्ता लिएको हो ।
दिउँसो विभागले यी ३ विषयमा निर्णय गरेको थियो । रात्रि बस सञ्चालन सम्बन्धी विषयमा त रुट नै सार्वजनिक गरिसकेको विभागले थप सोचविचार गरेर मात्रै सूचना सार्वजनिक गर्ने भनी यो निर्णय फिर्ता दिएको हो ।