सिन्धुली ।
जंगली हात्तीको आक्रमणबाट बिहीवार सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । जंगली हात्तिको आक्रमणबाट कमलामाई नगरपालीका ८ पाथीपरानका अन्दाजि ४५ बर्षिया सितामाया रानामगरको मृत्यु भएको हो ।
बिहीवार दिउसो सिन्धुलीमाढी बजारबाट घरायसी सामान किनमेल गरी घर फर्कदै गर्दा बाटोमै आक्रमण गर्दा मृत्यु भएको कमलामाई नगरपालिका वडा नं। ८ का वडाध्याक्ष टिका मोक्तानले जानकारी दिए ।
त्यस क्षेत्रमा विगत दुई वर्षभन्दा बढी समयदेखि जंगली हात्तिले गाँउ नछाड्दा पाथिपरान, तिनतले सिन्धुलीको कमलाखोज क्षेत्रको रानीबास र निपानेका बासिन्दा त्रसित बन्दै आएका छन् । यस अघि जंगली हात्तीले अन्नपात तथा घरमा क्षति गर्दै आएको थियो ।








