प्रहरिद्वारा काठ्माण्डौबाट एकैपटक ८२ जना पाकेटमार पक्राउ गरी सार्वजनिक



१ जेठ, काठमाडौं ।

काठमाडौं प्रहरी परिसर टेकुले सञ्चालन गरेको बिशेष अभियान अन्तर्गत ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई प्रहरिले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरिले अभियान अन्तर्गत यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरीहरुलाई सार्वजानिक सवारी साधनमा यात्रा गराइएको थियो ।

खटिएका सादा पोसाकका प्रहरीले बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा–चोर्दै उनीहरुलाई रङ्गे हात पक्राउ गरेको थियो ।

पक्राउ ७८ पुरुष र ४ महिला पाकेटमार लाई प्रहरिले सार्बजनिक गरेको छ ।

सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुवाट २–२ जनाको दरले ६ जनासम्मको समूह बनाई बसभित्र छिर्ने र यात्रु हरुलाई ठेल थाल पारी यात्रु हरुको नगद र मोबाइल लगायत अन्य सामाग्रीहरु चोर्ने गरेका थिय ।पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर प्रहरिले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ३८ बजे